माओवादी केन्द्रका महाधिवेशनका प्रतिनिधिले शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको मुद्दा अघि सार्न सुझाव दिएका छन् । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा प्रतिनिधिले पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पार्टीले अगाडि सार्नुपर्नेमा पनि जोड दिएका छन् ।