प्रतिनिधि सभाको बैठक राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष दलका सांसदहरुले प्रचलित कानुन विपरित गभर्नर अधिकारी एमालेको पार्टीभित्रको विभागमा रहेको बताउँदै छानविन गर्न आग्रह गरे । नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गभर्नर जस्तो मान्छेले कुनै पार्टीको सल्लाहाकार भएर अहिलेको सरकारलाई सहयोग नगरी यो सरकार श्रीलंका जस्तो हुन्छ, अब टाट पल्टिन्छ भनेर निजी क्षेत्रलाई हतोत्साही बनाएको बताए । उनले शेयर मार्केटका ४० लाख मा