लमजुङ दरबारको पुनर्निर्माण गरिँदै

लमजुङ – शाहवंशीय राजाहरूको उद्‍‌गमस्थलको रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण धमाधम भइरहेको छ । पुरातात्त्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनर्निर्माण कार्य २ वर्षमा सक्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरेको हो । ०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरी दरबार भत्काइएको कालीका मन्दिरका पुजारी सोमराज बरालले बताए । उनका अनुसार मन्दिरमा […]

सम्बन्धित सामग्री

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो ।विभागका इन्जिनियर गोविन्द अधिकारीले दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको बताए । 'स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य...

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो ।विभागका इन्जिनियर गोविन्द अधिकारीले दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको बताए । 'स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य...

भूकम्पबाट क्षति भएका १७ घर पुनर्निर्माण गरिँदै

लमजुङ – जिल्लामा क्रियाशील गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ । परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुनर्निर्माण थालेको हो । जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म […]

एक सय ६१ विद्यालय भवन पुनर्निर्माण

लमजुङ । गोरखा भूकम्प गएको करीब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर दीपकराज कँडेलले बताए । उनले भने, ‘अब जिल्लामा दुई विद्यालयका एक/एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’ बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको उनको भनाइ छ । ती बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ । जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार/चार कोठे एक/एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ । रासस

मनाङका घर पुनर्निर्माण हुँदै

लमजुङ ।  मनाङका नासों गाउँपालिका–१ तालगाउँमा गत जेठ र असारमा आएको बाढी–पहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ । प्रदेश सरकारबाट प्राप्त भएको राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गर्न थालेका हुन् ।मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहत स्वरूप नासों गाउँपालिकाले प्रतिपरिवार १ लाख र गण्डकी प्रदेश सरकारबाट २ लाख […]

मनाङमा बाढी पहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु

लमजुङ – मनाङको नासों गाउँपालिका-१ तालगाउँमा गत जेठ र असारमा आएको बाढी पहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ । सरकारबाट प्राप्त राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गरेका हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहत स्वरूप नासों गाउँपालिकाले प्रतिपरिवार १ लाख र गण्डकी प्रदेश सरकारबाट २ लाख उपलब्ध […]

लमजुङका ७५ प्रतिशत निजी घर पुनर्निर्माण

लमजुङ– २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएकामध्ये लमजुङका ७५ प्रतिशत निजी घरको पुनर्निर्माण गरिएको छ । उक्त जिल्लाका साढे १० हजार निजी घरको पुनर्निर्माण कार्य सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) ले जनाएको छ । जिल्ला कार्यान्वयन इकाइका अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ […]

लमजुङमा ७५ प्रतिशत निजी घर पुनर्निर्माण

लमजुङ – लमजुङमा ०७२ को भूकम्पले क्षतिग्रस्तमध्ये ७५ प्रतिशत निजी घरको पुनर्निर्माण सम्पन्न भएको छ । साढे १० हजार निजी घर पुनर्निर्माण भएका हुन् । सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) का अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण सम्पन्न गरी […]

भूकम्पपछि जस्तापातामय बन्यो ग्रामीण बस्ती

लमजुङ– भूकम्पपछि लमजुङमा पुनर्निर्माण भएका अधिकांश घरमा जस्ता पाताको छाना हालिएपछि ग्रामीण भेग रङ्गिन देखिन थालेको छ । पहिले गाउँमा खरले छाएका देखिने घर अहिले रङ्गिन जस्ताले टल्किन थालेका छन् । झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएको देखिए पनि स्थानीय बासिन्दाको आर्थिक अवस्था भने उस्तै रहेको छ । दुधपोखरी गाउँपालिका २ का वडाध्यक्ष गोविन्द दवाडीले […]

लमजुङका ९०% विद्यालय भवन पुनर्निर्माण सम्पन्न

वैशाख २०, लमजुङ । गोरखा भूकम्प गएको ६ वर्षको अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ ओटा विद्यालयमध्ये १०६ ओटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।  एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत अर्थात् ५७ ओटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी रहेको जानकारी दिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा २२ ओटा, आव २०७५/७६ ६८ ओटा, आव २०७४/७५ मा आठ ओटा र आव २०७३/२०७४ मा ८ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको थियो ।  जिल्लामा ६९ शौचालय पुनर्निर्माण गर्नुपर्नेमध्ये ४० शौचालय पुनर्निर्माण भएको छ भने २९ शौचालय निर्माणाधीन रहेको छ । त्यस्तै ३६ ओटा खानेपानी पुनर्निर्माण गर्नुपर्नेमध्ये पाँच खानेपानी धारा सम्पन्न भएको र २९ वटा खानेपानी निर्माणाधीन रहेका छन् ।  ती निर्माणाधीन सबै योजना यस चालू आर्थिक वर्षको असार महीनाभित्रै सम्पन्न गर्दै विद्यालय पुनर्निर्माणको कार्य सम्पन्न गर्ने एकाई प्रमुख पराजुलीले बताए । रासस