नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले पनि संशाेधन बिना पारित नहुने बताएका हुन् । शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेलामा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नु पर्छ भन्ने कुनै प्रावधान नभएको दावी गरे । उनले भने ‘ तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट प