पर्यटकीय नगरी पोखराको जीवन्त इतिहासको साक्षी यहाँको विन्ध्यवासिनी मन्दिर हो भन्दा फरक पर्दैन । पोखरा आउने जो कोहीले नछुटाउने गन्तव्यका रुपमा विन्ध्यवासिनी स्थापित भइसकेको छ । मनले चिताएको पुग्ने जनविश्वाससँगै पुगेका दर्शनार्थी एवं पर्यटक यहाँबाट देखिने हिमाली दृश्यमा मोहित हुने गर्दछन् । मन्दिर निर्माणबारे यकिन तथ्य फेला नपरे पनि कुनै अज्ञात कालखण्डदेखि शक्तिस्थलका रुपमा पुजिँदै …