इलाम : नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेकाे हाे। एन्फाका महासचिव इन्द्रमान तुलाधरले मंगलबार बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। बस्नेतलाई एन्फाको फुटसल समितिले उक्त पदका लागि सिफारिस गरेको थियो। एएफसी-एन्फा ए लाइसेन्स पुरा गरेका बस्नेतले यसअघि राष्ट्रिय फुटसल टिमको सहायक प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।‘यो जिम्मेवारी पाउँदा म खुसी छु र