एमाले विवाद : नरम होइन, गरम हुने संकेत !

सर्वोच्च अदालतको फैसलाले पार्टी सरकारबाहिर पुगेपछि नेकपा एमालेको विवाद मिल्ने भन्दा झन् बल्झने संकेत देखिएको छ । आफ्नो नेतृत्वमा रहेको सरकार विस्थापन गर्न माधव नेपालले खेलेको भूमिकाप्रति एमाले अध्यक्ष केपी शर्मा ओली कठोर बन्ने संकेत उनले निजी निवास बालकोट पुगेर गरेका छन् ।पार्टी विवाद मिलाउन गठित कार्यदलले असार २७ गते र...

सम्बन्धित सामग्री

बागमतीमा मुख्यमन्त्री परिवर्तनको संकेत, ओली र नेपाल दुवै सकारात्मक !

हेटौंडा : बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको छ।प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) विवाद र भागबण्डा मिलाउन मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको हो। साढे ३ वर्षसम्म बागमती प्रदेशको नेतृत्व गरेका एमालेको ओली पक्षका डोरमणि पौडेललाई हटाएर एमालेकै माधव नेपाल पक्षलाई नेतृत्व सुम्पिने तयारी भइरहेको छ। आफ्नै पार्टीभित्रको असहयोगले केन्द्र सरकारको नेतृत्व गुमाएको एमालेले प्रदेशको सत्ता गुम्न नदिन प्रदेश सरकारको नेतृत्व नै परिवर्तन गर्ने तयारी गरिरह

एमाले विवाद शनिबार वारपार हुन लागेकाे हो ?

केही स्थायी कमिटी सदस्यले छोड्ने संकेत बुझेर नै हुन सक्छ, ११ साउनमा माधव नेपालनिकट स्थायी कमिटीको बैठकमा नेपालले इच्छा, चाहना हुनेजति ओलीसँग गए हुन्छ भनेर नेताहरूलाई भनिसकेका छन् ।

एमाले विवाद नथामिने संकेत

प्रमुख विपक्षी नेकपा एमालेभित्रको विवाद थामिने कुनै संकेत देखिएको छैन। प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टी अनुशासन उल्लंघन गरेका भन्दै २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि विवाद यथावत् रहेको सन्देश प्रवाहित भएको छ। एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।  नागरिक दैनिकमा खबर छ ।

कार्यदलले एकताका लागि आजै मस्यौदालाई अन्तिम रुप दिने संकेत

काठमाडौँ – एमाले विवाद समाधान कार्यदलले सम्भवत: शुक्रबार नै आफ्नो सुझावसहित मस्यौदा तयार पार्ने देखिएको छ। दिउँसो साढे १२ बजेदेखि सिंहदरबारमा जारी बैठकबाट केहीबेरअघि बाहिरिएका बिद्रोही पक्षका नेता रघुजी पन्तले आजको बैठकमा कार्यदलका सबै सदस्यहरुले पार्टी एकतालाई मजबुत बनाउन सुझाव दिएको र ती सुझावलाई समेटेर मस्यौदा प्रतिवेदन तयार पार्ने काम भएको र यो काम सम्भवत […]

एमाले कार्यदलको बैठक सुरु, सहमतिको आशा

काठमाडौं : नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। बिहान साढे ११ बजे बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै एक घण्टा सारिएको थियो। केही ढिला गरी भर्खरै सुरु भएको बताइएको छ। यसअघि, संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ बैठकमा तयारी गर्नुपरेकाले एक घण्टा पछाडि सारिएको बताएका थिए। यसअघि बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो छलफल भएपछि एमाले विवाद टुंगिने दिशातर्फ अघि बढेको ठानिएको थियो। विवाद मिल्ने संकेत प्राप्त भएको भन्दै उत्साहित ब...

एमालेको विवाद समाधन गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ। हिजो दिनभर बस्न नसकेको कार्यदल बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने तय भएको संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले जानकारी दिए। यसअघि बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो छलफल भएपछि एमाले विवाद टुंगिने दिशातर्फ अघि बढेको ठानिएको थियो। विवाद मिल्ने संकेत प्राप्त भएको भन्दै उत्साहित बनेका कार्यदलका नेताहरु हिजो दिउँसो बैठक बसेर सहमतिको खाका कोर्ने प्रयास

एमाले विवाद साम्य पार्ने प्रयास, अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

काठमाडौं : पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच आज भेटघाट हुने भएको छ। दुई नेताबीच पार्टी कार्यालय थापाथलीमा भेटघाट हुने तय भएको स्रोत बताउँछ। तर समय भने तोकिएको छैन्।  ‘समय तय भएको छैन। तर आज पार्टी कार्यलय थापाथलीमा उहाँहरु बीच भेटघाट हुन्छ’, स्रोतले भन्यो।एमाले भित्रको विवाद  साम्य हुने संकेत देखिएको छ। बिहीबार दोस्रो तहका नेताहरुको मेरियट भेटघाट र वरिष्ठ नेता माधव नेपालले राष्ट्रपतिसँग भेटघाट गरेपछि विवाद साम

विद्यादेवीको रहरः पार्टी नेतृत्वमा आएर देशको कार्यकारी हुने

राष्ट्रपति भण्डारीको यो ‘मुभ’ले एमाले विवाद निकै गम्भीर मोडमा पुगेको संकेत गरेको छ । यद्यपि नेपाल पक्षले आउँदो दुई महिनासम्म समानान्तर कमिटी निर्माण गरेर जाने अवस्थामा रहेको छ ।

ओलीको चियापान नेपाल-खनाल समूहद्वारा बहिष्कार, गौतम समूहको छुट्टै बैठक

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको छ । बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम गर्न लागिएको हो । चियापानमा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मोबाइल एसएमएसमार्फत ओली समूहले पार्टीका सबै केन्द्रीय सदस्यलाई निम्तोसहितको सन्देश पठाएको छ । एमाले फुटको संघारमा पुगेको बेला ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपाको खनाल–नेपाल समूह भने नजाने भएको छ । अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट छ। गएको फागुन २८ गते ओलीले महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेर विभिन्न प्रदेश तथा संगठनमा नयाँ नियुक्त गरेपछि एमालेमा विवाद तीव्र बनेको छ। विवाद समाधानको लागि सोमबार ओलीले खनाल–नेपाल समूहसँग छलफल गरेका थिए । तर, हिजोको छलफलमा दुबै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि एमाले विवाद अझ बढ्ने संकेत देखिएको छ । नेपाल–खनाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी अघि बढाएको छ । नेपाल–खनालको आज पत्रकार सम्मेलन यसैबीच नेपाल–खनाल समूहले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक नेताका अनुसार ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो । साथै समसामयिक राजनीतिक विषयमासमेत नेता नेपालले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाई छ । वामदेव समूहको आज बैठक बस्दै यता, एमाले उपाध्यक्ष वामदेव गौतमले आज (मंगलबार) आफू संयोजक रहेको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’को बैठक राख्दै हुनुहुन्छ । उहाँका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार बैठक बिहान ११ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्दैछ । गौतमका प्रेस सल्लाहकार सुवेदीका अनुसार आज अभियानको कार्यसमिति नभई कार्यसम्पादन समितिको सानो समूहबीच छलफल गर्न लागिएको हो । यही फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने निर्णय गरेपछि नेता गौतमको उपाध्यक्ष ...