भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने विषयमा वाग्मती प्रदेश सरकारले दोधारे नीति अवलम्बन गरेको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पालामा निर्माणको उद्घोष गरी बजेटसमेत विनियोजन हुँदै आएकोमा हालको राजेन्द्र पाण्डे सरकारले भने आयोजना निर्माण प्रक्रिया नै स्थगन गरेको छ ।