नाइजेरियाले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप स्पुत्नीक भी लगाउन अनुमति दिइएको छ । आफूहरूले उत्पादन गरेको खोप लगाउन नाइजेरियाले स्वीकृति दिएको जानकारी आफूहरूलाई प्राप्त भएको रुसको खोप उत्पादक निकायले उल्लेख गरेको छ ।
खोपको विकास गरेको रुसी निकाय “रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट” ले यसरी खोप लगाउने अनुमति दिएका देशमध्ये नाइजेरिया ६८ औँ देश भएको पनि जनाएको छ ।