जातीय भेदभाव गर्नेलाई कारवाही गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा आइतबार विज्ञप्ति जारी गरी दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित्ताका लागि कारबाहीको दायरामा ल्याउन आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

छुवाछुतका घटनामा पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछुतविरुद्धका घटनाको समयमै प्रभावकारी अनुसन्धान नहुदाँ न्याय प्राप्त गर्ने अधिकारबाट पीडित वञ्चित हुनुपरेको जनाएको छ । आयोगमा पछिल्लो समय जातीय छुवाछुतसँग सम्बन्धित २ वटा उजुरी तथा ज्ञापन पत्र प्राप्त भएको भन्दै आयोगले सोमबार एक विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । आयोगमा भर्खरै मात्र रामेछापको लिखु […]

जातीय विभेदको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेदसँग सम्बन्धित घटनाहरूको सूक्ष्म र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ । आयोगले ५७ औँ जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा पीडितको सुरक्षाको प्रत्याभूति गर्न, न्यायिक अधिकारका साथै राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले […]