वैशाख महिनाको पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ५ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख १६ गतेसम्म कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २३ गतेसम्म ४३ खर्ब ७३ अर्ब कायम भएको छ । यहीं अवधिमा कर्जा प्रवाह भने ४ अर्ब घटेको छ ।