बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ । तर, चुनावको एक दिनअघिसम्म केही जिल्लामा प्रतिनिधिको विवाद देखिएको छ । राप्रपा नेता सुन्दर पाण्डेले काठमाडौँ, ललितपुरसहित एक दर्जन जिल्लामा प्रतिनिधिको विवाद रहेको र सो को समाधान गरेर निर्वाचनमा जानुपर्ने बताए । त्यसका लागि उच्चस्तरीय विवाद समाधान समिति गठन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । राप्रपाका जिल्ला कार्यसमितिले सिफारिस गरेर केन्द्रमा पठाएको कतिपय महाधिवेशन प्रतिनिधिको स