खुल्यो तातोपानी नाका, दैनिक २० कन्टेनर सामान आउने, व्यवसायीहरुले नयाँ सामान आयात थाले

काठमाडौं ।  मितेरी पुल निर्माणका लागि बन्द गरिएको तातोपानी नाका आजदेखि संचालनमा आएको छ । चिनियाँ व्यापारिक नाका तातोपानी

सम्बन्धित सामग्री

सहज बन्दै तातोपानी नाका

चीनको उत्तरी सीमा तातोपानी नाकाबाट आयात वृद्धि भएको छ । दैनिक पाँच कन्टेनर सामान आयात हुँदै आएको नाकाबाट अहिले दैनिक १० देखि १५ कन्टेनर सामान भित्रिन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको...

सामान आयातमा ९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

काठमाडौं । कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर भाडा करीब ९ लाख रुपैयाँसम्म बढेको व्यापारीहरूले बताएका छन् । नाका सहज नहुँदा व्यापारीले वैकल्पिक बाटो हुँदै सामान ल्याउने गरेका छन्, जसले ढुवानीको भाडादर महँगिएको छ । आयातकर्ताका अनुसार कोरोना महामारी शुरू हुनुअघि चीनबाट ६८ क्युबिक मिटर (सीबीएम)को एक कन्टेनर सामान ढुवानी गरी काठमाडौंसम्म ल्याइपुर्‍याउँदा भारतीय बाटो प्रयोग गरे पनि ढुवानीमा करीब ६ लाख रुपैयाँ खर्च पथ्र्यो । तर कोभिडपछि चीन सरकारले नाका सहज रूपमा नखुलाउँदा व्यापारीहरूले वैकल्पिक मार्गको प्रयोग गरी भारतको विशाखापत्तनम् र कोलकाता बन्दरगाह हुँदै ल्याउने गरेका छन्, जसले गर्दा ढुवानी खर्च ९ लाख रुपैयाँले बढेर १५ लाखसम्म पुगेको उनीहरूको भनाइ छ । उत्तरी नाकामा अवरोध भएपछि वैकल्पिक मार्गको प्रयोग गर्नुपरेको व्यापारीहरू बताउँछन् । उत्तरी नाकाकै प्रयोग गरी सामान आयात गर्दा पनि अहिले ढुवानी भाडा चर्को पर्ने गरेको बताइएको छ । रसुवागढीबाट सीधै काठमाडौंमा सामान आयात गर्दा ढुवानीमा कोभिड अघिसम्म ५ लाख रुपैयाँ लाग्ने गरेकोमा अहिले बढेर ९ लाख रुपैयाँसम्म पुगेको राष्ट्रिय व्यापार संघका उपाध्यक्ष तथा लामो समयदेखि चीन–नेपाल व्यापारमा संलग्न रामचन्द्र पराजुलीले बताए । यसअघि सामान्य अवस्थामा उत्तरी नाकाबाट दैनिक १५० भन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गर्दथ्यो । महामारीपछि नाकामा अवरोध भएपछि अहिले दैनिक ७ देखि १० कन्टेनर मात्र भित्रिने गरेको रसुवागढी भन्सार कार्यालय प्रमुख डा. रामप्रसाद मैनालीले जानकारी दिए । सरकारको उच्चस्तरीय निकायले नै चीन सरकारसँग संवाद/समन्वय नगर्दासम्म समस्याको समाधान नहुने उनको भनाइ छ । नेपालको कमजोर कूटनीतिका कारण २ वर्षदेखि सामान नाकामै अड्किएको उनले बताए । समस्या समाधानका लागि भन्सार विभागसहित व्यापारिक संघ–संस्थाबाट पटकपटक प्रयास हुँदा पनि सकारात्मक परिणाम केही नआएको उनको भनाइ छ । यस्तै सरकारको कमजोर कूटनीतिकै कारण निजीक्षेत्र समस्याग्रस्त रहेको राष्ट्रिय व्यापार संघका महासचिव वैकुण्ठ दाहालले बताए । सरकारले कूटनीतिक पहल गरेर समस्याको समाधान गरेमा व्यापारमैत्री वातावरण बन्ने र उपभोक्ताले पनि सस्तोमा सामान किन्न पाउने अवस्था आउने उनको भनाइ छ । भाडादर वृद्धिको प्रभाव सामानको मूल्यमा कन्टेनरको भाडादर बढेपछि त्यसको प्रत्यक्ष प्रभाव चीनबाट आयात हुने सामानको मूल्यमा परेको छ । चीनबाट आयात हुने तयारी लत्ताकपडा, जुत्ता, चप्पल, बच्चाका खेलौना, कस्मेटिक सामान, फलफूल लगायत वस्तुको मूल्य करीब ८ प्रतिशतले बढेको व्यापारीहरू बताउँछन् । मूल्यवृद्धिका प्रत्यक्ष मार उपभोक्तालाई परेको छ । यसअघि बजारमा १५ सय रुपैयाँमा पाइने टिसर्टको मूल्य यतिबेला बढेर १६ देखि १७ सयसम्म पुगेको काठमाडौं मलमा फेन्सी कपडाको व्यापार गर्दै आएका नरेश न्यौपानेले बताए । ‘नाकामा भएको असहजताले ढुवानी भाडा बढ्दा सामान महँगिएको थियो । अहिले झन् इन्धनको मूल्य बढेको छ, त्यसले मूल्य थप बढ्ने देखिएको छ,’ उनले भने ।

तातोपानी नाकासम्म चिनियाँ कन्टेनर, बुधबार तीनवटा कन्टेनर नेपालमा

पाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामाग्री ल्याउन सुरु गरेको छ । बुधबार पहिलो पटक चिनियाँ कन्टेनरले नेपाली भूमिसम्म सामाग्री ल्याएको हो । बुधबार तीनवटा चिनियाँ कन्टेनरले नेपालसम्म सामाग्री ल्याएका छन् । ‘चिनिया कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गरी सुख्खा वन्दरगाह सम्म ल्याउने ब्यवस्था गरिएको छ’, भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले भन्नुभयो, ‘पटक पटकको अनेकन अवरोधपछि कात्तिक १३ बाट पुनः सुचारु भएको तातोपानी भन्सार कार्यालयबाट यस अघि थौरै मात्रामा मात्र सामान आयात भएको भन्दै व्यापारीहरुले गुनासो गर्दै आएकाले यसको समाधानार्थ यो प्रक्रिया सुरु भएको हो ।’ नाका सञ्चालनको विषयमा नेपाल–चीनबीचको द्धिपक्षीय छलफलमा चीन पक्षले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी बारे पटक पटक चासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताउनुभयो । गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीन पक्षले एक दिन सामाग्री पठाएर नाका पुनः ठप्प बनाएको थियो । ‘चिनियाँ कन्टेनरले सामाग्री ल्याईदिने हुँदा अब नेपाली व्यापारीका सामाग्री आउने आशा गर्न सकिन्छ’, भन्सार प्रमुख खत्रीले भन्नुभयो, ‘तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो । तर सामान आयात गर्ने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिन सञ्चालन पश्चात् बन्द रहेको नाका गत महिनाबाट सुचारु भए पनि सामाग्री आयात भएको थिएन ।’ जुरे पहिरो र विनाशकारी भूकम्पपछि ठप्प रहेको नाका केही महिना सञ्चालन पश्चात् गत माघमा बन्द भएको थियो । चीनको बुहान प्रान्तमा कोरोना संक्रमण फैलिएको भन्दै चीनले सामाग्री निर्यात रोकेपछि गत माघ बाट चैत्र २६ सम्म बन्द रहेको नाका चैत्र २७ बाट पुनः सुचारु भएको थियो । वर्षाद सुरु भएयता भोटेकोशी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि बन्द रहेको नाका असोज महिनामा एक दिन र कात्तिक १३ पश्चात् सुचारु रहेको भन्सार कार्यालयले जनाएको छ । ‘चिनियाँ पक्षले नेपालसम्म सामाग्री ल्याइदिने र स्वस्थ्य मापदण्ड पालना गरी सामाग्री जाँचपास हुने व्यवस्था मिलाएका छौँ ।’ भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी नाका पुनःसुचारु आज एक कन्टेनर सामान भित्रियो

पटक पटकको अनेकन अवरोध पछि बिहीबारवाट नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि बिहीबार एक कन्टेनर सामाग्री सहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो । सामान आयात गर्ने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिन सञ्चालन पश्चात बन्द रहेको नाका शुक्रबारवाट थप सामाग्री आयात हुने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारि दिनुभयो ।