काँग्रेसमा सभापतिसहित ८ पदाधिकारी निर्वाचित, देउवा पक्षको बहुमत

नेपाली काँग्रेसका १३ जना पदाधिकारी (निर्वाचित) मध्ये ८ जनाको नतिजा सार्वजनिक भएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला पूर्ण टिमका साथ प्रतिस्पर्धामा उत्रिएका थिए । यस्तै प्रकाशमान सिंह र विमलेन्द्र निधि समूहबाट पनि सभापति, उपसभापति र महामन्त्रीमा उम्मेदवार खडा भएका थिए । सभापतिका प्रत्यासी कल्याण गुरुङ भने एकलै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।शुक्रबार विहानसम्म एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ३ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएको छ । जसमा देउवा समूहले

सम्बन्धित सामग्री

चोलेन्द्र प्रकरणका ४ सम्भावित परिणाम

सर्वोच्च अदालतमा केही दिनयता चर्किएको विवाद कचल्टिएको छ । एकातर्फ बहुमत न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेर ‘फायर खोलेका’ छन् । अर्कोतर्फ प्रधानन्यायाधीश जबराले राजीनामा नदिने घोषणा गर्दै बुधबार एक्लै इजलासमा बसेर ‘जवाफी फायर’ खोलेका छन् । दुबै पक्षको अडानले गर्दा अब अदालतभित्रको यो लफडा कसरी साम्य होला भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।आइतबार र सोमबार बार एशोसिएसनका पदाधिकारी र सर्वोच्च अदालतका न्यायाधीशहरूले जबरालाई

निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको जसपा उपेन्द्र यादव पक्षको निष्कर्ष

जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षले निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष निकालेको छ । अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई आयोगले दल दर्ता किताबमा अद्यावधिक नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘निर्वाचन आयोगको निर्णयले पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ, जुन कार्य विधिसम्मत देखिँदैन,’...