नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले तत्काल कर्मचारीको तलब बढाउन नसकिने बताएका छन्। कर्मचारीले केही दिनदेखि सुविधा बढाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको बेला प्रवन्ध सञ्चालक डा. कनोडियाले यस्तो बताएका हुन्। नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. कनोडियाले संस्था घाटामा चलिरहेको बेलामा कर्मचारीको तलब बढाउन नसकिने बताए। ‘कोभिड र अन्य कारणले दुई वर्षदेखि […]