प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् ।
तमु ल्होसारका अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ(तमु) दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै उनले शुभकामना व्यक्त गरेका छन् ।
तमु ल्होसार पर्व गुरुङ जातिले नया“ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, म...