शिक्षा राज्यमन्त्रीको दाबी : त्रिविको उपकुलपति छनोट नियमसंगत छ

२९ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियम संगत भएको बताएकी छिन् । उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । उक्त सर्च कमिटीले दरखास्त माग गर्दा ४३ जनाले आवेदन दिएकामा त्यसबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ । […]

सम्बन्धित सामग्री

त्रिविको उपकुलपति छनोट प्रक्रिया अपारदर्शी र स्वेच्छाचारी : अनेरास्ववियु

६ फागुन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अपारदर्शी र स्वेच्छाचारी भएको आरोप लगाएको छ । फागुन २ देखि ४ गतेसम्म भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढंगबाट प्रक्रिया […]

उपकुलपति छनोट विधिमा संशय

कान्तिपुरमा बुधबार प्रकाशित ‘प्राध्यापकलाई अवमूल्यन गर्ने उपकुलपति छनोट प्रक्रिया’ शीर्षकको लेख पढेपछि केही टिप्पणी गर्न मन लाग्यो । त्रिविको उपकुलपति बन्न जति जना प्रतिस्पर्धामा उत्रिएका छन्, उनीहरूको सोच र रणनीतिका दस्ताबेज मन्त्रालयको बन्द कोठामा विज्ञको टोलीले मूल्यांकन गर्नुभन्दा विश्वविद्यालयभित्र सरोकारवाला प्राध्यापक, कर्मचारी, विद्यार्थीमाझ छलफल र बहसका लागि सार्वजनिक गरिएको भए उत्तम हुने लेखकको धारणा चित्त बुझ्दो छ ।

त्रिविको उपकुलपति छनोट: तोसिमाको प्रश्न- बौद्धिक चोरीलाई कति नम्बर दिइयो ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बौद्धिक चोरीलाई कति नम्बर दिइयो भनेर प्रश्न गरेकी छिन् ।

त्रिविको उपकुलपति नियुक्तिबारे प्रधानमन्त्री प्रचण्डलाई पाँच प्रश्न

त्रिवि सुधारका निम्ति खुला प्रतिस्पर्धामार्फत क्षमताका आधारमा उपकुलपति छनोट गर्ने कि आफू अनुकूलका निकटस्थलाई जिम्मा लगाई विश्वविद्यालयमा अप्रत्यक्ष हालीमुहाली कायम राख्ने ?