खानेपानी समस्या : दीर्घकालीन योजना बनाउन सुझाव

मधेश प्रदेश सरकारले शुक्रबार जलस्रोत विज्ञहरूसँग छलफल गरेको छ। लामो समयदेखि पानी नपरेपछि मधेश प्रदेशका केही जिल्लामा ग्राउन्ड वाटर लेभल घटेर चापाकलहरूमा पानी नआएपछि खानेपानीका लागि उत्पन्न समस्याको समाधान गर्ने विषयमा सो छलफल गरिएको हो। मधेश प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी विज्ञहरूले चुरेको दोहन र लामो समयदेखि पानी नपरेपछि ग्राउन्ड वाटर रिचार्ज नहुनुले यस प्रकारको समस्या आएको र यो झनै बढन सक्ने भन्दै समस्या समाधानका लागि मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी अघि बढनुपर्ने सुझाव दिनुभयो।

सम्बन्धित सामग्री

सरकारले खानेपानीकाे दीर्घकालीन योजना बनाउँदै छ : मन्त्री मगर

कामीडाँडा (काभ्रे) : खानेपानी मन्त्री विना मगरले खानेपानी समस्या समाधानका लागि मन्त्रालयले दीर्घकालीन योजना बनाइरहेको बताइन्। काभ्रेको बेथानचोक गाउँपालिका- ५ कामीडाँडामा आयोजित कपेर महांकाल खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै गाउँका महिलाले अनेक कठिनाइका बीच आधारभूत खानेपानी जुटाउनुपरेको बताइन्। ...