बागमती प्रदेश सरकराले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरूमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ । शुक्रबार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, बागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यस्तो बताएका हुन् […]