दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश, अनलाइन पेमेन्ट गर्दा १५ प्रतिशत छुट

३ असार, काठमाडौं । दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश भएका छन् । दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आज बिहीबारदेखि बैंक डेज अफर पुनः सुरु गरेको जनाएको छ । अफरमार्फत ग्राहकले कार्ड प्रि पेमेन्ट गरेमा १५% रु ५०%सम्मको छुट पाउन सक्ने पनि दराजले जनाएको छ । यी बैंकहरु […]

सम्बन्धित सामग्री

दराजको बैंक डेज अफरमा थपिए तीन बैंक

काठमाडौं (अस) । अनलाइन बजार दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । अफरमार्फत ग्राहकले कार्ड प्रि–पेमेन्ट गरे १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । चार अन्य साझेदार बैंकमा सानिमा बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ । दराज बैंक डेजमार्फत ग्राहकले साताभरि दराजका साझेदार बैंकबाट छुट पाउनेछन् । माछापुच्छे, मेगा र हिमालयन बैंकका कार्डवाहकले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् । माछापुच्छे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  मेगा बैंक डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । हिमालयन बैंक प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । यसैगरी दराज बैंक डेज अफरअन्तर्गत ग्राहकले साताभरि दराजका अन्य साझेदार बैंकबाट पनि छुट पाउनेछन् । सोमबार सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानीमा ५०० रुपैयाँसम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  यस्तै, बुधबार एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  शुक्रबार नबिल बैंकमार्फत १० प्रतिशत छुट, शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत १० प्रतिशत छुट अनलाइन भुक्तानीका लागि सक्रिय क्रेडिट र डेबिट कार्डबाट पाइने कम्पनीले बताएको छ ।

दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश

नेपालको अग्रणी अनलाइन बजार, दराजले तीन प्रमुख नेपाली बैंक माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरेर बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । यस अफरमार्फत ग्राहकहरुले कार्ड प्रिपेमेन्ट गरेमा १५ प्रतिशत ५०० रूपैयाँसम्मको छुट पाउन सक्नेछन् । यी बैंकहरु दराजका चार अन्य साझेदार बैंकहरू सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल […]