चितवन : जिल्लाका किसानले दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन माग गरेका छन्। आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन्। राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर १४ रुपैयाँ किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताए। दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उनले मूल्य नबढाएकिसान पलायन हुने अवस्था आउने दाबी गरे।। कृषक सम