विपन्न संक्रमितको उपचारका लागि रकम निकासा गर्दै महानगर

काठमाडौं। विपन्न कोरोना संक्रमितका लागि काठमाडौं महानगरले रकम निकासा गर्ने भएको छ। विपन्न संक्रमित परिवारलाई औषधि किन्न र अन्य व्यवस्थापकीय खर्च गर्न ठूला वडालाई एक लाख, मझौलालाई ७५ हजार र सानालाई ५० हजारसम्म रकम निकासा गर्ने निर्णय महानगरले गरेको हो। त्यस्तै समुदायस्तरमा सचेतना बढाउन शिक्षक परिचालन र अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय समेत महानगरको छ।

सम्बन्धित सामग्री

हचुवाका भरमा निजी अस्पताललाई करोडौं भुक्तानी

काठमाडौं । विभिन्न निजी अस्पतालहरूले अर्थ मन्त्रालयलाई दबाब दिएर कोरोना संक्रमणका बिरामीको उपचारका नाममा ३० करोड रुपैयाँंभन्दा बढी निकासा गराएका छन्। निजी क्षेत्रका विभिन्न मेडिकल कलेज र अस्पतालहरूको दबाबमा अर्थ मन्त्रालयले रकम निकासा गरेको हो। ‘अर्थ मन्त्रालयले २०७९ चैत २४ गते रकम निकासा दिने निर्णय गरेको थियो। रकम भने बजेट आउनुपूर्व जेठ पहिलो साता निकासा […]

आर्थिक सहायतामा पहुँचवालाकै हालिमुहाली

काठमाडौं । सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार त्यस्तो सहायता पूर्वराष्ट्रपतिदेखि भुटानी मानवअधिकारवादी नेतासम्मले लिएका छन् । अर्थ मन्त्रालयले पूर्वराष्ट्रपति डा। रामवरण यादवलाई औषधि उपचारका

लुम्बिनी प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड थप

कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले थप १० करोड रुपैयाँ छुट्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि थप रकम आवश्यक परेको भन्दै उक्त रकम निकासा गर्ने निर्णय गरेको हो । कोभिड उपचार हुने अस्पतालमा खर्च गर्नेगरी बजेट निकासा दिने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

कर्णाली प्रदेश सरकार : कोरोनाविरुद्ध लड्न ९८ करोड निकासा

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा कोरोना महामारीविरुद्ध लड्न ९८ करोड ३० लाख रुपैयाँ निकासा गरिएको छ । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचारका लागि उक्त रकम निकासा गरेको हो । मुख्यमन्त्री एवम् सामाजिक विकास मन्त्री महेन्द्रबहादुर शाहीले बिहीवार प्रेस जारी गर्दै चालू आवमा सामाजिक विकास  मन्त्रालय मातहतका सबै जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पतालमा कोरोना महामारी नियन्त्रण कार्यक्रमतर्फ ७३ करोड बजेट निकासा गरिएको जानकारी दिएका छन् । त्यस्तै अक्सिजनसहित कोभिड उपचार व्यवस्थापनका लागि ११ करोड ८० लाख र स्वास्थ्य सेवा निर्देशनालयमार्फत कोरोना नियन्त्रणका लागि १३ करोड ८० लाख रुपैयाँ बजेट निकासा गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोना रोकथाम तथा व्यवस्थापनका लागि प्रदेशका ३३ स्थानीय तह तथा सोअन्तर्गतका रणनीतिक अस्पतालमा १२ करोड १२ लाख र प्रदेशका सबै जिल्ला अस्पतालमा मिनी अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि ४० लाखका दरले बजेटको व्यवस्था गरिएको छ । प्रदेश सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई १३५ प्रतिशतसम्म थप प्रोत्साहन रकम र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लागि थप ५० प्रतिशत जोखिम भत्ताको व्यवस्था गरेको उल्लेख छ । त्यस्तै प्रदेशको दुई तिहाइ रिक्त स्वास्थ्य जनशक्तिमा हाल अत्यावश्यक जनशक्ति व्यवस्थापनका लागि १७६ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, दरबन्दी करारतर्फ १८३ चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको मुख्यमन्त्री शाहीले बताए । सरकारले प्रदेशका सबै जिल्लामा आईसीयू स्थापना र भेन्टिलेटर सञ्चालनका लागि बजेट व्यवस्था एवं चिकित्सक तथा नर्सलाई अत्यावश्यक सघन उपचारसम्बन्धी तालीम प्रदान गरिएको  बताएको छ । जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय, जनस्वास्थ्य सेवा कार्यालय र अस्पताललाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट, पावर ब्याकअप, रेम्डेसिभिर इन्जेक्सनलगायत सामग्री खरीद कार्यका लागि बजेट व्यवस्था गरिएको छ । स्थानीय अस्पताललाई १५ देखि २५ शय्या, हुम्ला, मुगु, डोल्पा जिल्ला अस्पताललाई ५० शय्या, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम जिल्ला अस्पताल र मेहलकुना अस्पताललाई १०० शय्या क्षमताको अस्पतालका रूपमा र प्रदेश अस्पताललाई ५०० शय्या क्षमताको अस्पतालको रूपमा स्तरोन्नति गर्ने योजना अघि बढाउन लागिएको प्रदेश सरकारले बताएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, दैलेख, कालीकोट र हुम्ला (अस्पताल)मा २५/२५ शय्या गरी १५० शय्या एचडीयू खरीद प्रक्रियामा छ ।

कोरोना नियन्त्रणका लागि फेरि ५५ करोडभन्दा बढी निकासा

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार सो रकम निकासा दिएको हो । कोष सञ्चालक समितिका अध्यक्ष रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको …

कोरोना विरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड खर्च गर्यो

सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि हालसम्म ३ अर्ब ४२ करोड रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयलाई सो रकम निकासा दिएको हो । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैशाखसम्म स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड र स्वास्थ्य उपकरण खरिद्का लागि रक्षा मन्त्रालय अन्तर्गत खर्च गर्ने गरी २ अर्ब ३४ करोड निकासा दिएको बताए ।