गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक छिटो पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराएको छ । मंगलबार संघका अध्यक्ष कुमार पन्तलगायतका एनआरएनए अभियनताहरुको टोलीले देउवालाई भेट्दै विधेयक छिटो पास हुने वातावरण मिलाउन ध्यानाकर्षण गराएको हो । यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष