सेजको कार्यकारी प्रमुखमा पुनः भट्टलाई ल्याउने तयारी

विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने तयारी गरिएको छ । उद्योग मन्त्रालयका उपसचिव भट्टलाई अर्को व्यवस्था नभएसम्मका लागि सेजको कार्यकारीमा नियुक्त गर्ने तयारी गरिएको हो । सेजको पूर्वकार्यकारी...

सम्बन्धित सामग्री

अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

२० भदौ, काठमाडौं । मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि […]

महानगरले सञ्चालनमा ल्यायो १६६००१०५५११ नम्बरको कल सेन्टर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले जनताको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। बालेन्द्र शाह प्रमुखमा निर्वाचित भएर आएपछि जेठ १६ गते बसेको नगर कार्यपालिकाको बैठकले कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। महानगरका सञ्चार तथा सुचना प्रविधी अधिकृत नवराज ढकालका अनुसार कल सेन्टरको नम्बर १६६००१०५५११ रहेको छ। जसमा फोन गर्दा शुल्क लाग्दैन। कल सेन्टरमा जनताले […]

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउने आचार्यको प्रतिबद्धता

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभूत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् ।महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताएका हुन् । उनले भने, “हाम्रो पहिलो काम पोखरालाई सुशासनको प्रत्याभूत दिने  हुनेछ, महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन

काठमाडौँ महानगरमा आफ्नो जित सुनिश्चित भएको स्थापितको दाबी

काठमाडौँ । स्थानीय तहका लागि काठमाडौं महानगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट उमेदवारी दर्ता गराएका केशव स्थापितले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।  सोमवार उमेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो विकासको योजना देखेर जनताले विजयी गराउने बताए । स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । एमालेका...

उम्मेदवारी दर्तापछि स्थापितको दावी- ‘डबल भोट’ले जित्छु

काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापितले आफूले गठबन्धनका उम्मेदवारको भन्दा दोब्बर बढी मत ल्याएर जित्ने दावी गर्नुभएको छ । आज उम्मेदवारी दर्तापछि स्थापितले आफू प्रमाणित भैसकेको मान्छे भएकाले जित्न गाह्रो नहुने र गठबन्धनका उम्मेदवारको भन्दा दोब्बर बढी मत ल्याउने दावी गर्नुभएको हो । रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा …

गुप्तचर प्रमुखमा खरेल ल्याउने तयारी

काठमाडौं, पुस १९ । मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि सरकारले प्रमुख नियुक्तिको तयारी गरेको छ। तीन वर्षे कार्यकाल सकिएपछि अधिकारी अनिवार्य अवकाशमा जान लागेका हुन्। आन्तरिक तथा बाह्य गुप्तचरी निकायको प्रमुख बन्न अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रूपमा कार्यरत यदुलाल खरेल र यादवप्रसाद रेग्मीको जोडबल […]

प्रधानमन्त्रीसँग कुनै असमझदारी छैन : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नभएको बताएका छन् । काठमाडौँका प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई ल्याउने र अशोक सिंहलाई भैरहवा विमानस्थलमा काजमा खटाउने गृहमन्त्रीको निर्णयलाई प्रधानमन्त्री देउवाले रोकेका थिए । आफूले प्रधानमन्त्रीसँग परामर्श गरेर नै काम गरिहेकोे समेत उनले बताएका छन् । उक्त विषयमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री […]

विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल नियुक्त गर्नका लागि प्रक्रिया अघि बढाउन ऊर्जामन्त्रीलाई निर्देशन दिनुभएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई मंगलवार बालुवाटार बोलाएर देउवाले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्न तत्काल प्रक्रिया अघि बढाउन भनेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवाको निर्देशनपछि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न मन्त्री भुसालले ‘प्रक्रिया’ समेत अघि बढाएकी छन् । ऊर्जा मन्त्री भुसालले केही दिनअघि पत्रकारसँगको परिचयात्मक कार्यक्रममा आफू माओवादीबाट छैटौं ऊर्जामन्त्री भएको र पहिलाका मन्त्रीहरूले गरेको राम्रो कामलाई निरन्तरता दिने बताएकी थिइन् । त्यसका लागि उनले ऊर्जाक्षेत्रमा राम्रो काम गर्ने टीम तयार गर्नुपर्ने मनसाय व्यक्त गरेकी थिइन् । यसअनुसार कुलमान घिसिङ उनको प्राथमिकतामा थिए । उनले अहिलेको विद्युत् प्राधिकरणको नेतृत्वबाट आफू सन्तुष्ट नभएको समेत सोही बेला प्रकट गरेकी थिइन् । प्रधानमन्त्रीले निर्देशन दिएको केही घण्टा नबित्दै ऊर्जामन्त्री भुसालले मंगलवार नै हालका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर मंगलवार नै पदबाट राजीनामा दिन निर्देशन दिइन् । शाक्यले प्राधिकरण प्रमुखको जिम्मेवारी सम्हालेयता प्राधिकरणको नाफा घटेको, अनधिकृत रूपमा विद्युत् कटौती हुने क्रम बढेको र विद्युत् चुहावट बढेको भन्दै प्रधानमन्त्री देउवाले कुलमानलाई नै प्राधिकरणको नेतृत्वमा ल्याउन भनेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो । ऊर्जामन्त्री भुसालले शाक्यलाई राजीनामा दिन भने पनि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने राजीनामा दिन अस्वीकार गरेका छन् । कार्यसम्पादन राम्रो नभएका कारण ऊर्जामन्त्रीले शाक्यसँग राजीनामा माग गरेकी थिइन् । तर, आफूलाई ४ वर्षका लागि नियुक्त गरिएको बताउँदै शाक्य राजीनामा दिन्नँ भनेर बाहिरिएको स्रोतले बतायो । २६ कात्तिक २०७७ देखि कायम मुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई मन्त्रिपरिषद्ले २६ माघ २०७८ मा कार्यकारी निर्देशकमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । शाक्य अघि प्राधिकरणको जिम्मेवारी सम्हालेका घिसिङले दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडशेडिङ) अन्त्य गरेका थिए । लगातार घाटामा गएको नेपाल विद्युत् प्राधिकरणमा घिसिङले कार्यभार सम्हालेसँगै घाटा घट्दै आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा अधिकतम ११ अर्ब रूपैयाँसम्म नाफामा गएको थियो । २९ भदौ २०७३ मा कार्यकारी निर्देशकमा नियुक्ति पाएका घिसिङको कार्यकालमा ३४ अर्बको सञ्चित घाटाबाट प्राधिकरण ५ अर्ब नाफामा पुगेको थियो । घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो । घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री ओलीले त्यसमा ‘रूचि’ देखाएका थिएनन् । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले भने कुलमानलाई दोहो¥याउन लबिङ गरेका थिए तर उनको प्रयास सफल हुन सकेन । घिसिङको कार्यकाल सकिएको झन्डै ५ महीनापछि २७ माघ २०७७ मा सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । शाक्यलाई मन्त्रिपरिषद्ले सोझै नियुक्ति दिएको थियो । कुलमानलाई भने प्रतिस्पर्धाबाट लगिएको थियो । घिसिङलाई नियुक्ति गर्दा सरकारले तीन दिनको सूचना निकालेर प्रतिस्पर्धा गराएको थियो, जसमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले मधु भेटवाल, कुलमान घिसिङ र नवीन सिंहको नाम मन्त्रिपरिषद्मा लगेपछि सोहीमध्ये घिसिङलाई नियुक्त गरिएको थियो । वर्तमान प्रमुखलाई मपले हटाउन सक्छ ? नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को २०७५ मा भएको पछिल्लो संशोधनले प्रतिस्पर्धाबाट नै नियुक्त गर्नुपर्ने उल्लेख नगरेकाले हितेन्द्रले राजीनामा दिन आनकानी गरे पनि उनलाई सीधै सरकारले पदमुक्त गर्न सक्छ । संशोधित ऐनमा भनिएको छ, ‘कार्यकारी प्रमुख नेपाल सरकारले तोक्नेछ ।’ ऊर्जा मन्त्रालय स्रोतका अनुसार एकपटक घिसिङ प्रतिस्पर्धाबाट छानिएको र उनको कार्यकाल सफल रहेकाले यसपालि सीधै शाक्यलाई हटाएर सरकारले घिसिङलाई नियुक्ति दिनेछ । पूर्ववर्ती सरकारले गरेका सबै नियुक्त बदर गर्ने सरकार समर्थित पाँच दलीय गठबन्धनबीच केही दिनअघि सहमतिसमेत भएको थियो । तत्कालीन सरकारले शाक्यलाई सोझै नियुक्त गरेकाले उनलाई मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सरकारले पदमुक्त गर्न सक्ने ऊर्जामन्त्री निकट स्रोतले बतायो । यसैबीच, सरकारले कोभिड–१९ नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको अवधिमा व्यक्तिगत घटना दर्ता गर्न ढिलाइ गरेबापत लिइने विलम्ब शुल्क छूट दिने निर्णयसमेत गरेको छ । सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार विलम्ब शुल्क छूटको अवधि २०७८ असार १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको समयावधिसम्म लागू हुनेछ ।

तिलक परियार र अमिक शेरचनलाई नै प्रदेश प्रमुखमा ल्याउने माओवादीको निर्णय

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ र गण्डकी प्रदेशमा पूर्व प्रदेश प्रमुखहरुलाई नै फिर्ता ल्याउने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रदेश २ मा तिलक परियार र गण्डकीमा अमिक शेरचनलाई ल्याउने निर्णय गरेको हो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै जनालाई…

नेपाल प्रहरीका एसएसपी सरूवा हुँदै, काठमाडौंमा लामा र ललितपुरमा धानुक

गृह मन्त्रालयले नेपाल प्रहरीको विभिन्न स्थानमा कार्यरत एसएसपीको सरूवा तयारी गरेको छ। स्रोतका अनुसार काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी बसन्त लामा, ललितपुर प्रहरी प्रमुखमा एसएसपी रविन्द्र धानुकलाई ल्याउने तयारी छ।