जुट्ला लक्ष्यअनुसार २६२ अर्ब वैदेशिक सहायता ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा २ खर्ब ६२ अर्ब रुपैयाँ बराबर वैदेशिक सहयोग जुटाउने लक्ष्य राखेको छ । सरकारले आउँदो वर्ष बजेट तथा कार्यक्रम लागू गर्न बहुपक्षीय र द्विपक्षीय गरी दुई दर्जनभन्दा बढी दाताबाट ४९ अर्ब ९४ करोड अनुदान र २ खर्ब १२ अर्ब रुपैयाँ बराबर ऋण लिने बजेटमा उल्लेख गरेको छ ।  एशियाली विकास बैंक (एडीबी), विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सहितका बहुपक्षीय दातासँग ऋण र अनुदान लिने सरकारी योजना छ । द्विपक्षीयतर्फ चीन, भारत, जापान, फिनल्यान्डसहितका देशसँग ऋण र अनुदान सहयोग लिने बताइएको छ ।  आगामी आवमा सरकारले एडीबीसँग ८८ अर्ब ३० करोड वैदेशिक सहयोग लिने तयारी गरेको छ । यसमा २ अर्ब ४४ करोड अनुदान र ८५ अर्ब ८६ करोड रुपैयाँ ऋण हुने अर्थ मन्त्रालयको भनाइ छ । यस्तै विश्व बैंकबाट सरकारले ७९ अर्ब ६३ करोड रुपैयाँ बराबर वित्तीय सहायता लिनेछ । यसमा १ अर्ब १ करोडभन्दा बढी अनुदान र ७८ अर्ब ६१ करोडभन्दा बढी रुपैयाँ ऋण हुनेछ । आगामी वर्ष एसईएसपीबाट १३ अर्ब ८७ करोड, आईफाडबाट ५ अर्ब २ करोड, यूएनबाट ३ अर्ब ८५ करोड रुपैयाँ बराबर सहायता लिने सरकारी लक्ष्य छ । द्विपक्षीय दाताअन्तर्गत सरकारले सबैभन्दा बढी अमेरिकाबाट १३ अर्ब ११ करोड रुपैयाँ बराबर सहयोग प्राप्त हुने अपेक्षा राखेको छ । अमेरिकाबाट लिने रकम सबै अनुदान हो । दक्षिणको छिमेकी भारतसँग १२ अर्ब २५ करोड रुपैयाँ बराबर सहयोग लिने योजना छ, जसमा ५ अर्ब ५८ करोड अनुदान र ६ अर्ब ६६ करोड रुपैयाँ ऋण हुने अर्थले जानकारी दिएको छ ।  त्यस्तै जापानबाट ७ अर्ब ८७ करोड, विभिन्न दाताहरूको संयुक्त कोषबाट ७ अर्ब ४८ करोड र चीनबाट ५ अर्ब ४५ करोड रुपैयाँ ऋण लिने सरकारको तयारी छ ।  चालू आव २०७९/८० मा पनि सरकारले २ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक सहयोग जुटाउने घोषणा गरेको थियो । तर, वैदेशिक अनुदानतर्फ ३८ अर्ब ४६ करोड र ऋणतर्फ ७० अर्ब ५४ करोड रुपैयाँ परिचालन हुने संशोधित अनुमान अर्थ मन्त्रालयले गरेको छ ।  आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षाभन्दा न्यून रहन गएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत स्वीकारेका छन् । बजेट सार्वजनिक गरेको भोलिपल्ट अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले धेरै निकायसँग वैदेशिक सहयोगका लागि आफूले लबिङ गरिरहेको र रेस्पोन्स राम्रो आएकाले चालू वर्षको भन्दा धेरै सहायता आगामी वर्ष प्राप्त हुने बताए । पूँजीगत खर्च बढ्ने हो भने वैदेशिक सहयोग भित्याउन कुनै समस्या नरहेको महतको भनाइ छ । ‘पूँजीगत खर्चको कार्यान्वयन राम्रो भयो भने वैदेशिक सहयोग बढ्नेछ र यसले स्रोतमा केही सहज हुनेछ,’ मन्त्री महतले भने ।  ऋणको दायित्व पछिल्लो वर्षमा निकै बढेकाले ऋण लिन संयमित हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘ऋणको दायित्व पछिल्लो वर्षमा निकै बढेको छ, अब धेरै लिन सक्ने अवस्था छैन,’ अर्थमन्त्री महतले भने ।  त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारी बजेटमा ग्याप नदेखाउन २ खर्बभन्दा बढी वैदेशिक स्रोत जुटाउने लक्ष्य राखे पनि त्यो आउने सम्भावना निकै कम भएको बताउँछन् । ‘सरकारले बजेटमा ग्याप नदेखाउन ठूलो सहयोग जुटाउने त भन्यो तर त्यो रकम नआउने लगभग पक्का छ,’ उनले भने, ‘किनकि विगतमा समेत यस्तो देखिएको छ ।’ सरकारले बजेटमा राखेको वैदेशिक सहयोगको अपेक्षा प्रतिबद्धता नै हो भन्ने भरपर्दो आधार नभएकाले शंका उब्जाएको हो । उनका अनुसार सरकारले बजेटमा जहिले पनि महत्वाकांक्षी लक्ष्य राख्ने तर प्राप्त नगर्ने प्रवृत्ति देखाउँदै आएको छ । 

सम्बन्धित सामग्री

नेपालमा वैदेशिक सहायता

व्यापक अर्थमा एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोगस्वरूप प्रदान गरिने कुनै पनि वस्तु वा सेवालाई वैदेशिक सहायता भनिन्छ । तर, आर्थिक परिभाषाअनुसार आर्थिक रूपले कम विकसित देशलाई आर्थिक तथा सामाजिक विकासका लागि सक्षम राष्ट्रहरूले दिइने आर्थिक तथा प्राविधिक सहयोग नै वैदेशिक सहायता हो । सहायता राष्ट्रभित्र एक देशबाट अर्को देशलाई दिइने व्यापारमा छुट सहुलियत ब्याजको ऋण […]

अर्थतन्त्र माथि जान वैदेशिक सहायता, ऋण र लगानी बढाउनुपर्छ : पूर्वअर्थमन्त्री पुन

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न वैदेशिक सहायता, वैदेशिक ऋण र वैदेशिक लगानी वृद्धि गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बिहीबार उनले वैदेशिक सहायता, ऋण र लगानी वृद्धि नगरेसम्म मुलुकले आर्थिक विकासमा फड्को मार्ने सम्भावना नरहेको बताए। ऋण सहायता […]

लक्ष्यको आधा मात्रै आयो वैदेशिक सहायता

सरकारले चालू आर्थिक वर्षको जेठसम्म एक खर्ब ७० अर्ब ५१ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । यो सरकारी लक्ष्यभन्दा एक खर्ब २७ अर्ब कम (५७ प्रतिशत) मात्रै हो ।...

लक्ष्यअनुसार वैदेशिक सहायता आएन : अर्थमन्त्री

काठमाडौं– चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता अपेक्षाकृत रुपमा प्राप्त नभएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको बताए। चालु आर्थिक वर्षमा सरकारले पाउने वैदेशिक सहायताको लक्ष्य संशोधन गरिएको उनले प्रस्ट पारे। ‘सरकारले आगामी आवका […]

वैदेशिक सहायता प्रतिबद्धता साढे १० प्रतिशतले बढ्यो

नेपालको वैदेशिक सहायता प्रतिबद्धता साढे १० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको १० महिनामा विभिन्न विकास साझेदारहरूले नेपाललाई दुई खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ सहायता दिने प्रतिबद्धता गरेका छन् । यो...

वैदेशिक सहायता खर्च हुन नसक्नुका कारण

देशमा विद्यमान स्रोतसाधनहरूको सदुपयोगमार्फत रोजगारी सिर्जना गरी दीर्घकालीन आम्दानीको स्रोत निर्माण गर्न वैदेशिक सहायता अपरिहार्य नै छ । वैदेशिक सहायता नेपालको सन्दर्भमा एक महत्वपूर्ण आम्दानीको स्रोत हो । प्रायशः विकसित देशहरूले कम विकसित वा गरिब देशहरूलाई दिइने सहायताको प्रावधानअनुरूप गरिब देशहरूलाई प्राप्त हुन्छ । यसरी प्राप्त गरिने वैदेशिक सहायताका आधारमा गरिब देशहरूले बजेटको आकार निर्धारण […]

६४ अर्बको वैदेशिक सहायता प्रतिबद्धता

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिनामा झण्डै ६४ अर्ब बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको छ । अर्थ मन्त्रालयका अनुसार मंसिर महिनासम्ममा ६ अर्ब ८५ करोड रुपैयाँ अनुदान तथा ५७ अर्ब २६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण गरेर ६४ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको हो ।सहयोगमा सबैभन्दा धेरै एसियाली विकास […]

वैदेशिक सहायता नौ गुणा घट्यो

गत आर्थिक वर्ष २०७७-०७८ को पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक सहायता ९ गुणा कम प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार मंगलबारसम्ममा सरकारले ६९ मिलियन अमेरिकी डलर अर्थात् ८ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब बराबरको वैदेशिक सहायता प्राप्त भएको थियो ।चालु वर्षमा प्राप्त सहायतामा १० मिलियन अर्थात् १ अर्ब २३ करोड रुपैयाँ अनुदान प्राप्त भएको छ भने झन्डै ५९ मिलियन डलर अर्थात् ७ अर्ब ९ करोड रुपैयाँ प्राविधिक सहयोग प्राप्त भएको छ । चालु वर्षमा हालसम्म कुनै पनि सहुलि...

वैदेशिक सहायता सरकारको सम्पत्ति : राज्यको नाममा दुरुपयोग

सरकारको आम्दानीका स्रोतहरूमा कर राजस्व, गैरकर राजस्व र वैदेशिक सहायता पर्छन् । यी स्रोतहरूलाई सरकारले वार्षिक बजेटरी प्रणालीमा प्रस्ट्याएको हुन्छ । वैदेशिक सहायता नेपालको सन्दर्भमा एक महत्वपूर्ण आम्दानीको स्रोत हो । प्रायशः विकसित देशहरूले कम विकसित वा गरिब देशहरूलाई दिइने सहायताको प्रावधानअनुरूप गरिब देशहरूलाई प्राप्त हुन्छ । यसरी प्राप्त गरिने वैदेशिक सहायताका आधारमा गरिब देशहरूले […]

प्रतिबद्धता अनुसार आउँदैन वैदेशिक सहायता

काठमाडौं। विदेशी दातृ निकायहरूले प्रतिबद्धता जनाएअनुसार वैदेशिक सहायता नदिने गरेको पाइएको छ। गत आर्थिक वर्ष २०७७/७८मा नेपाललाई तीन खर्ब ६० अर्ब रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो। तर, त्यसको ४५.२ प्रतिशत (एक खर्ब ६३ अर्ब रुपैयाँ) मात्रै वैदेशिक सहायता आएको सरकारले बताएको छ। आज सार्वजनिक भएको स्वेतपत्रकाअनुसार वैदेशिक सहायता नआउने गरेता पनि बजेटको आकार बढाउन त्यसलाई प्रयोग गर्ने गरिएको छ।