नेपाल–भारतबीच रक्सौल–काठमाडौं विद्युत्तीय रेलमार्ग निर्माणबारे सहमति भएको र तत्काल यसको सम्भाव्यता अध्ययन गरिने समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। समाचार अनुसार विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि मात्र दुई देशबीच लगानीको मोडालिटी र कार्यान्वयनलाई अन्तिम रुप दिइनेछ । रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्न न्यूनतम ६ वर्ष लाग्ने रेल विभागले जनाएको छ । नयाँ पत्रिकाका अनुसार, महानिर्देशक…