केही दिनअघि बाँके, नेपालगञ्जकी एक महिलाले आफूमाथि बहालवाला जिल्ला न्यायाधीश भुवन गिरीले वैवाहिक बलात्कार र घरेलु हिंसा गरेको भनी कपिलवस्तु प्रहरी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, न्याय परिषद् आदि निकायमा उजुरी गरिन् । कपिलवस्तु जिल्ला अदालतमा कार्यरत न्यायाधीश भुवन गिरीकी श्रीमती रहेकी महिलाले सबैतिर उजुरी गरेपछि यतिबेला यस विषयमा प्रहरी र सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।यस विषयमा के कसो भएको हो भनी हामीले पीडित भनिएकी महिला र पीडक भनिएका न्यायाधीश भुवन गिरीसँग कुर