प्रदेश २ प्रदेशसभाको बैठकबाट दुई वटा विधेयक पारित भएको छ । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा (अहिराज)ले सुझावसहित संशोधनका लागि फिर्ता गरेका दुवै विधेयक विना संशोधन सातौं अधिवेशनको तेस्रो बैठकबाट पारित भएको हो ।प्रदेश पदक र स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक शुक्रबार प्रदेशसभा बैठकले बिना छलफल पारित गरेको हो । तत्कालीन प्रदेश प्रमुख झाले संशोधनका लागि सुझावसहित फिर्ता पठाउनुको औचित्य नरहेको ठहर गर्दै बैठकले सर्वसम्मतबाट दुबै विधेयक पारित गरेको हो ।आन्तरिक मामिला तथा सञ्चार मन्त्री