काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरको आरोपमा काठमाडौंबाट एक व्यवसायीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्यूरोले जनाएको छ। पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतले जाहेरी दिएका थिए।उक्त मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट यही फागुन २५ मा पक्राउ पूर्जी जारी भएकामा खोजतलासका क्रममा आज उनलाई काठमाडौंबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्ष