माओवादी केन्द्रका नेता हरिबोल गजुरेलको चुनौतीः “प्रचण्डको प्रस्तावमा चित्त नबुझेको हो भने प्रधानमन्त्रीले संसद् चलाउन सक्नुपर्‍यो नि !”

काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले स्थानीय चुनावभन्दा पहिले संसद्को चुनाव गर्नुपर्ने प्रचण्डको प्रस्तावमा चित्त नबुझेको हो भने संसद् चलाएर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “लामो समयसम्म संसद् नचलेकाले प्रचण्डले […]

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ । मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको विज्ञप्तिमा उल्लेख छ।  आजै नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त

मल ल्याउन भारतसँग प्रधानमन्त्रीस्तरमा वार्ता गर्नुपर्छ : शक्ति बस्नेत

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले रासायनिक मलको समस्या समाधानका लागि प्रधानमन्त्रीले भारतसँग उच्च राजनीतिक स्तरमा वार्ता गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले कृषिमन्त्री स्तरबाट मात्र मलको समस्या समाधान नहुने बताए । ‘यो राष्ट्रिय समस्या हो । कृषि मन्त्रीज्यूले मात्र समस्या […]

माओवादी केन्द्रका नेता भन्छन्ः “गठबन्धन फुट्दै फुट्दैन भन्न सकिँदैन”

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले आफ्नो पार्टीले मात्र ५ दलीय सत्ता गठबन्धन जोगाउन नसक्ने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “नेकपा (माओवादी केन्द्र) सरकारमा सामेल छ । प्रधानमन्त्रीले चाहे एमसीसी संसद्मा टेबल भएर समितिको […]

प्रधानमन्त्रीले एमसीसी पास नगरे गठबन्धन तोडिन्छ भनेको होइन : नारायणकाजी श्रेष्ठ

न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पास नगरे गठबन्धन तोडिन्छ भनेर नभनेको दाबी गरेका छन् । शनिबारको गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसीसी पारित नगरे गठबन्धन तोडिन्छ भनेको भन्दै समाचारहरु बाहिरिएपछि आइतबार राति माओवादी केन्द्रका नेता श्रेष्ठले त्यसलाई अस्वीकार गरेका छन् । उनले भ्रममा नपर्न आग्रह गरेका […]

सहमति गरेरे संसदमा अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्ता गठबन्धनको बैठकले प्रतिनिधिसभाको बैठकमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ। गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सम्मिलित सिंहदरबारमा बसेको बैठकले सहमतिका साथ अगाडि बढने निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। 'प्रक्रियामा सहमतिमा जाउँ भनेर सबैसँग आग्रह गरेर सदन सञ्चालनका लागि भूमिका खेलौं भनेर प्रधानमन्त्रीले आग्रह…

नारायणकाजी श्रेष्ठ भन्छन, ‘प्रधानमन्त्रीले विदेशी हस्तक्षेपलाई आमन्त्रण गरे’

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली विदेशी हस्तक्षेप स्वीकार मात्र नगरी आमन्त्रण गरेको बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गरेको बताए। “विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पु¥याउनु भएको छ। यो क्षम्य छैन”, उनले भने।

प्रधानमन्त्रीमाथि नारायणकाजीको आरोप : विदेशी हस्तक्षेप आमन्त्रण गर्नुभयो

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताए । विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै उनले भने, ‘उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर […]

प्रधानमन्त्रीलाई माओवादी नेताको सुझाव : घमन्ड त्याग्नुस्, एमालेको एकता जोगाउनुस्

१७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमालेको एकता जोगाउन आग्रह गरेका छन् । राष्ट्रियसभा बैठकमा बिहीबार सम्बोधन गर्दै उनले एमालेको एकता जोगिएन भने नेपालको वामपन्थी आन्दोलन समाप्त हुने भन्दै प्रधानमन्त्रीलाई घमन्ड त्यागेर पार्टी एकता जोगाउन आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीले पार्टीलाई समाप्त गर्नुभयो । नेपालको वामपन्थी […]

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: नेता सापकोटा

नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउबाको राजीनामा माग गरेका छन्। कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने नेता सापकोटाको माग छ।