नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुनः काठमाडौं क्षेत्र नं. १ बाटै चुनाव लड्ने संकेत गरेका छन् । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बनेका नेता सिंहले आगामी निर्वाचनमा पनि त्यही क्षेत्रबाट चुनाव लड्ने संकेत गरेका छन् ।