बैतडी - दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ ।
उहाँलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उहाँले ८ कक्षा उत्तीर्ण गर्नुभयो त्यसपछि उहाँको दौडाइ सुरू भयो । गएकाे वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्ट...