वीरगन्ज भन्सार कार्यालयले कात्तिक महिनामा लक्ष्यभन्दा झन्डै ४ प्रतिशत कम राजस्व संकलन गरेको छ । कार्यालयले १० अर्ब ७५ करोड लक्ष्य पाएकोमा १० अर्ब ३९ करोड १४ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको हो । कार्यालयले दिएको तथ्यांकअनुसार अन्तःशुल्कमा लक्ष्यभन्दा २८ प्रतिशत बढी राजस्व संकलन भए पनि अन्य कर ल