दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले कानूनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप नेपाल निर्माण व्यवसायी महासंघले सदस्य रहेका संस्थालाई पक्राउ गरेकामा आपत्ति जनाएको छ ।
प्रशासनले श्री एडभेन्चर/जेबीका यज्ञबहादुर खत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन दाहालले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनी र सडक डिभिजन कार्यालय दाङबीच सम्झौता भई सिस्नेखोला निर्माण सञ्चालन भई अन्तिम चरणमा पुगेको समयमा क...