म्याग्दीको बेनी नगरपालिका–१ मा तीन किलोमिटर ८०० मिटर सडक निर्माण गर्ने योजना चार वर्षमा पनि पूरा भएको छैन । बागलुङ–बेनी सडकको बेनपा–१ रत्नेचौरको भुवानेबाट हुलाकेडाँडा–खबरासम्मको सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ साउनमा नागार्जुन देव एण्ड सायर बिएन जेभीसँग रु १३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
विसं २०७५ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण विसं २०७६ मा सक्ने लक्ष्य थियो । ९० प्रतिशत भौतिक प्रगति भएक...