माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीको नाम र चुनावचिह्न फेर्नुपर्ने सुझाव आएको छ । राजधानीमा जारी अधिवेशनमा सहरी समुदायलाई सहज हुने र जनजिब्रोमा झुन्डिने गरी नाम राख्नुपर्ने समूहगत सुझाव छ । नेताहरूले पार्टीको नाम समाजवादी चरित्रको र हालको चुनावचिह्न गोलाकारभित्र हँसिया हथौडा फेरेर सजिलो राख्न सुझाव दिएका हुन् ।