काठमाडौं । पाँच लाख नतिरेको निहुँमा पेट्रोलियम पदार्थ व्यवसायीले एकजना महिलालाई अपहरण गरेर बन्धक बनाएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध महाशाखाले भक्तपुरका धिरोज श्रेष्ठ र उनकी भाञ्जी रसिला अवाललाई पक्राउ गरेको छ । असोज १५ मा चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित डेराबाट निरमान भोम्जनकी पत्नीलाई धिरोजले अपहरण गरेर लगेर सुचना आएपछि पीडितलाई उद्दार गरिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुव