काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको बताएका छन्। बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी भएको र जेल हाल्ने कुरा गरेका हुन्। नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए। ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले […]