बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए। उनले भने, “मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरा