झापामा सिक्किमे रक्सी बरामद

झापा : इलामको पशुपतिनगर नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको भारतीय ब्रान्डका रक्सी झापा प्रहरीले बरामद गरेको छ।इलामबाट भारतीय मदिरा आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले आइतबार राति ११ बजे  मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्नेबाट बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले सवारीसाधन चेक जाँच गर्ने क्रममा मे १ ज ३३५१ नम्बरको गाडीबाट सिक्किम गोल्डेन ८४ बोतल र फायरबल रक्सी ११ बोतल गरी जम्मा ९५ बोतल रक्सी बरामद

सम्बन्धित सामग्री

सर्लाहीमा भारतीय टेम्पुबाट गाँजा र रक्सी बरामद

सशस्त्र प्रहरी बल सर्लाहीले भारतीय टेम्पुबाट लागू औषध गाँजा र रक्सी बरामद गरेको छ। नेपालबाट भारततिर तस्करी गरी जान लागेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा र रक्सी बरामद गरेको हो।...

गुल्मीको तम्घास ल्याउँदै गरेको ६० लिटर घरेलु रक्सी नष्ट

१६ मंसिर, गुल्मी । गुल्मीमा सवारी सधानमा राखेर तम्घास ल्याउदै गरेको घरेलु रक्सी प्रहरीले बरामद गरेर नष्ट गरेको छ । रिडीबाट तम्घासतर्फ आउँदै गरेका चार वटा सार्वजनिक सवारी साधनबाट देउरालीमा जाँचका क्रममा प्रहरीले घरेलु रक्सी फेला पारेको थियो । त्यो रक्सी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले […]

भारत लैजाँदै गरेको एक ट्रयाक्टर रक्सी बरामद

भारततर्फ तस्करी गर्न लागेको एक ट्रयाक्टर रक्सी मोरङ प्रहरीले बरामद गरेको छ। मोरङको जहदा गाउँपालिका–१ कालाबञ्चारबाट को १ त ५९१३ नम्बरको ट्रयाक्टरमा भारततर्फ लैजाँदै गरेको दिलवाले नामको १५० कार्टुन रक्सी...

भारततिर ‘दिलवाले रक्सी’ तस्करी !

मोरङबाट भारततर्फ ‘दिलवाले रक्सी’ तस्करी हुने गरेको पाइएको छ ।  मोरङ प्रहरीले जहदा गाउँपालिका १ कालाबञ्जराबाट भारत लैजान लागेको १५० कार्टुन उक्त रक्सीसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । आइतबार राती १० बजे प्रहरी टोलीले को १ त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद गरेको रक्सीको मूल्य १ लाख ३५ हजार बराबरको छ । ट्याक्टर चालक भने फरार रहेका छन् । नियन्त्रणमा लिएको रक्सी आवश्यक

रक्सी तस्करी गरेर भारत लैजाँदै गर्दा पक्राउ

आइतबार राति ट्याक्टरमा राखेर भारततर्फ तस्करी गरेर लैजाँदै गरेको मदिरा ‘रक्सी’ प्रहरीले मोरङको जहदाबाट बरामद गरेको छ।...

मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद

कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो ।  लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताए ।  निवर्तमान वडाअध्यक्ष तथा क्रि

सक्कली नामका नक्कली रक्सी काठमाडौंका पार्टी प्यालेसमा हुन्थ्यो 'सप्लाइ'

काठमाडौं : शुक्रवार र शनिवार दुई दिन लगाएर प्रहरीले नक्कली ब्रान्डका रक्सी गोदाममा छापा मारेको छ। छापा मार्दा २ सय ९५ कार्टुनमा विभिन्न चलेका ब्रान्डका नक्कली रक्सीहरु बरामद भएको छ। भारतबाट राजस्व नतिरी ल्याइएको नक्कली रक्सी बिहे लगायतका पार्टीहरुमा जाने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। 'उनीहरुले पसल र अन्य डिलर भन्दा पनि बिहेको…

रक्सी पसलबाट लागूऔषध बरामद, पसल सञ्चालक पक्राउ

६ भदौ, सप्तरी । सप्तरीको एक रक्सी पसलबाट विभिन्न किसिमको लागूऔषध बरामद भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियास्थित संगम फास्टफुड एन्ड मदिरा पसलबाट लागूऔषध बरामद भएपछि त्यसका सञ्चालक २८ वर्षीय जयराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा लागूऔषध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषधसहित यादवलाई पक्राउ गरेको हो । पसलभित्र […]

झन्डै आठ सय लिटर घरेलु रक्सी नष्ट

अर्घाखाँची – अर्घाखाँचीमा प्रहरीले झन्डै आठ सय लिटर अवैध घरेलु रक्सी नष्ट गरेको छ । सन्धिखर्क नगरपालिका १ का विभिन्न ठाउँमा लुकाइ छिपाइ रक्सी बनाउने ठाउँमा गइ छापा मार्दा बरामद गरिएको अवैध घरेलु रक्सी प्रहरीले नष्ट गरेको हो ।  घरेलु रक्सीका कारण समाजमा झै–झगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले ती रक्सी बनाउने ठाउँको खोजी गर्दा झन्डै आठ सय लिटर रक्सी भेटिएको र नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मरबहादुर थापाले बताउनुभयो ।  बरामद गरिएको रक्सी फोहर ...

भारत : मुसाहरूले पिइदिए १४ सय कार्टुन रक्सी, छ कहानीमा ट्विस्ट

भारतको उत्तर प्रदेशमा रहेको कोतवाली देहात प्रहरी चौकीमा राखिएको १५ सय कार्टुन रक्सी हराएपछि त्यहाँ तैनाथ प्रहरी अधिकारीहरूले मुसाले पिइदिएको दाबी गरेका छन् ।  मुसाहरूले अवैध रक्सी राखेको प्लास्टिक क्यानलाई चपाएको, शीशाका बोतल फुटाइदिएको र रक्सी राखेको झोला काटिदिएको बताएका छन् ।  मुसाहरूले १४ सय ५९ कार्टुन रक्सी गायब बनाएका होलान् र भनी शंका गरी अलीगढका एक आईपीएस अफिसलाई अनुसन्धान गर्न लगाइएको थियो । त्यति रक्सीको मोल ३५ लाख भारु थियो ।  आरम्भिक छानबिनमा पत्ता लागेअनुसार, प्रहरीले बरामद गरेको...