गोली प्रहारबाट सुन व्यापारीको हत्या :: Pahilopost.com

सर्लाही: सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ। मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनील साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो। मृतकका पिता नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर

सम्बन्धित सामग्री

सुनसरीमा गोली प्रहार गरी एक युवकको हत्या

विराटनगर – सुनसरीको धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट घाइते भएका चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। मूलघाटबाट विराटनगर जाँदै थिए । चौधरीको साथमा भएको […]

धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक युवकको हत्या

काठमाडौं,५ साउन । सुनसरीमा गोली प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्लाको धरान तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एकजनाको हत्या भएको हो । हत्या हुनेमा मोरङको विराटनगर निवासी २८ वर्षीय रोहित चौधरी रहेका छन् । उनीमाथि धरान इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै […]

धनुषामा गोली प्रहार गरी एक पुरुषको हत्या

जनकपुरधाम ।धनुषामा गोली प्रहार गरी एक पुरुषको हत्या भएको छ।शनिबार साँझ अपरिचित समूहको गोली प्रहारबाट मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ बस्ने ४० वर्षीय धानुक दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बायाँ कोखमुनि गोली लागेर घाइते भएका दासलाई प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। स्थानीयले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए […]

अष्ट्रेलियामा गोली प्रहार गरी दुई प्रहरीसहित तीनको हत्या

काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्यान्डको दुर्गम स्थानको एउटा घरमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी ३ जना हत्या गरेका छन् । यस्तै, घटनामा दुई जना घाइते भएका छन् । मारिनेमा दुई जना प्रहरी अधिकारी र एक सर्वसाधारण रहेका छन् । ब्रिस्बेनदेखि २७० किलोमिटर पश्चिममा रहेको बिएमबिल्लामा हराईरहेका एक जना व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीमाथि गोली प्रहार गरिएको […]

गोली प्रहार गरी सर्लाहीमा एक युवकको हत्या

सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहार गरी एक युवकको हत्या गरिएको छ। बुधबार साँझ करिब ७ बजे मलंगवा नगरपालिका–९ रिङरोडमा मोटरसाइकलमा सवार भारतीय नागरिक ३५ वर्षीय इन्दल महतोलाई गोली प्रहरी गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।कृष्णामति माविको पूर्वी कम्पाउण्ड र रिङरोडभित्र एउटै मोटरसाइकलमा चढेर आएको तीनजनाले महतोमाथि गोली प्रहार भएको प्रत्यदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। महतो भारतको विशनपुर गाउँका रहेको जिल्ला प्रहरी कार्

अमेरिकाको बिद्यालयमा गोली प्रहार, ३ बिद्यार्थीको हत्या

काठमाडौं । अमेरिकाको एक बिद्यालयमा एक बिद्यार्थीले गोली प्रहार गरी ३ बिद्यार्थीको हत्या गरेका छन् । घटनामा एक शिक्षक सहित ६ जना घाइते भएका छन् । मिशिगन राज्यको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीले कक्षा सञ्चालन भइरहेको बेला अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । घटना लगत्तै ती छात्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मारिनेमा […]

अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या

एजेन्सी । अमेरिकाको फ्लोरिडामा एक ब्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या गरेका छन् । बुलेट प्रुफ ज्याकेट लगाएका ती ब्यक्तिले एक महिला र उनको तीन महिनाको शिशु तथा अन्य दुइ जनाको हत्या गरेको हो । घटनामा ११ बर्षिया एक बालिका भने सख्त घाइते भएकी छन् । फ्लोरिडाको ब्यस्त बजारमा भएको घटनामा गोली प्रहार लगत्तै […]

लेवनानमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार गरी दुई जनाको हत्या

एजेन्सी । लेवनानमा अन्त्यष्टी कार्यक्रम भईरहेको स्थानमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी दुई जनाको हत्या गरेको छ । केही दिन अघि मारिएका हिजबुल्लाह कमाण्डरको अन्त्यष्टीमा गोली प्रहार हँदा २ जनाको ज्यान गएको हो । बेरुत शहरमा भेला भएकाहरु माझ गोली चलेपछी अन्त्यष्टीका सहभागीहरुबीच भागदौड मच्चिएको थियो । सबैभन्दा शक्तिशाली इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका कमाण्डर […]

अमेरिकामा गोली प्रहार गरी ३ जनाको हत्या

एजेन्सी । अमेरिकाको डालसमा एक अज्ञात बन्दुकधारीले गोली प्रहार गरी ३ जनाको हत्या गरेको छ । डालस स्थित एक मार्केट बाहिर ती ब्यक्तिले पाँच जनामाथि गोली प्रहार गरेकोमा ३ जनाको मृत्यु भएको हो । घटनामा २ जना घाइते भएका छन् । गोली प्रहार गर्ने ब्यक्ति फरार रहेकाले ब्यापक खोजी गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार भीडमाझ […]