डेढ महिना नपुग्दै उक्कीयो कालोपत्रे

जिल्लामा विकास निर्माणका काम गर्दा हुने लाहपरबाहीको अर्को नमुना सामुन्ने आएको छ। जिल्ला सदरमुकामलाई जैमिनी नगरपालिकाको कुश्मीसेरासँग जोड्ने सडक कालोपत्रे भएको डेढ महिना नपुग्दै भत्किएपछि सडक निर्माणमा हेलचक्रयाँई गरिएको पुष्टी भएको हो।

सम्बन्धित सामग्री

२७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न

मदन भण्डारी राजमार्ग अन्र्तगत उदयपुरको सदरमुकाम गाईघाटदेखि नेपालटारसम्मको २७ किलोमिटर सडक निर्माण कार्य पूरा भएको छ । गाईघाट — नेपालटार खण्डमा ( पहिलो चरणको कालोपत्रे) डेन्स बिटुमिनस् कंक्रिटको काम सकिएकै बेला कोरोना महामारी नियन्त्रणका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि डेढ महिना सडक निर्माण कार्य अबरुद्ध भएको थियो । बन्दाबन्दी कायमै रहेका बेला गत बैशाख २२ गतेबाट पुनः निर्माण कार्य सुचारु गरिएको यस खण्डमा (दोस्रो चरणको कालोपत्रे) अस्फाल कंक्रिटको काम भएपछि २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।