सुर्खेत : कर्णाली प्रदेशको हुम्लाबाहेक बाँकी ९ वटै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्। तर कुनै पनि जिल्लामा सडकको अवस्था गतिलो छैन। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमै सडकका खाल्डाखुल्डीले यात्रामा सकस हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ भने जिल्लाका बाँकी अन्य क्षेत्रमा गतिलो सडकमा यात्रा गर्नु कल्पना मात्र बनेको छ।कर्णालीका सबै जिल्ला सदरमुकाम आसपास क्षेत्रमा कालोपत्रे तथा 'पिचजस्तो' देखिने सडक मात्र छ।तर स्थानीय तहसम्म पुग्ने ग्रामीण क्षेत्रका सबै&nb