गंगालालमा एक चिकित्सकको म्याद थप्न नियमावली परिवर्तनको तयारी

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा दुई साताअघिदेखि ‘अक्सिजेनेटर’ अभावका कारण मुटुको शल्यक्रिया ठप्प छ । अक्सिजेनेटर अत्यावश्यक भएका बिरामीलाई अस्पतालले औषधि दिएर फर्काइरहेको छ । जनस्वास्थ्यमाथिको यस्तो संवेदनशील संकटमा स्वास्थ्य मन्त्रालय भने अस्पतालका केही चिकित्सकको स्वार्थमा उमेरहद बढाउने चलखेलमा लागेको छ ।

सम्बन्धित सामग्री

२५ सय पूर्वाधार परियोजनाको म्याद थपिने

काठमाडौं । निर्माण व्यवसायीको दबाबमा पूर्वाधार परियोजनाको म्याद थप्दै आएको सरकारले यसपटक सीमा नतोकी म्याद थप्ने भएको छ । निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै म्याद थप मागेका थिए ।  सोही अनुसार सरकारले असार २१ को राजपत्रमा सूचना प्रकाशित गरी २१ दिनभित्र म्याद थपका लागि सम्बद्ध विभाग तथा कार्यालयमा निवेदन दिन भनेको छ । सरकारले म्याद कति थप्ने भन्ने खुलाएको छैन । प्राय:जसो सरकारले १ वर्षको म्याद थपिदिने गरेको छ । गतवर्ष असारमा पनि सरकारले १ वर्षभित्र काम सम्पन्न गर्ने गरी म्याद थपेको थियो ।  राजपत्रमा जारी सूचनामा कति समय थप्ने खुलेको छैन । आधा दर्जन कारण पुष्टि भए म्याद थप्ने र म्याद थपको औचित्य पुष्टि नभए सम्झौता नै खारेज गर्न सकिने गरी सरकारले बाधा अड्काउ फुकाउन सूचना जारी गरेको छ ।  सार्वजनिक खरीद नियमावली २०६४ अनुसार चालू वा म्याद सकिएका तर सम्झौताबमोजिमको काम चालू रहेका खरीद सम्झौतामा डिजाइन परिमार्जन, बजेट अपुग, निर्माणस्थल उपलब्ध नभएको, समयमा भुक्तानी हुन नसकेको, निर्माण सामग्रीको अभाव भएको वा निर्माण स्थलमा प्राकृतिक विपत्ति परेर तोकिएको अवधिमा काम सम्पन्न नभएको भए म्याद थप्न सकिने भनिएको छ । सूचनाअनुसार समयमै सम्पन्न नभएका सानाठूला २५ सयभन्दा बढी परियोजनाले यो सुविधा पाउने छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले यसपटकको म्याद थपमा समय सीमा नतोकिएकोले काम गर्न सहज हुने बताए । मूल्य वृद्धिअनुसार मूल्य समायोजन नहुँदा भने परियोजना अघि बढाउन व्यवसायीलाई कठिन हुने उनले बताए ।  ‘अब २५ सय परियोजनाको म्याद थप हुन्छ तर त्यसका लागि निकै सास्ती खेप्नुपर्छ,’ आइतवार महासंघले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कार्यालय प्रमुखको स्वविवेकमा म्याद थप भनिएको हुन्छ, कतिपय प्रमुखको सरुवा हुँदा र अवकाशको मुखमा पुगेकाले आनाकानी गर्दा प्रक्रिया पुगेका आयोजनाको समेत म्याद थप हुँदैन ।’  उनले असार सकिन लाग्दा व्यवसायीले ५० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी पाउन नसकेको गुनासो पनि गरे । ‘सरकारले समयमै काम सम्पन्न गरेन भनेर निर्माण व्यवसायीलाई मात्रै दोष दिन्छ,’ उनले भने, ‘६ महीनादेखि काम सम्पन्न गरेको रकम हामीले पाउन सकेका छैनौं ।’ महासंघको सुझावविपरीत म्याद थपका सम्बन्धमा राजपत्रमा आएको सूचनाले निर्माण उद्योगमा अझ समस्या हुने उनको भनाइ छ । म्याद थपमा सार्वजनिक निकायले कुनै जिम्मेवारी वहन गर्नु नपर्ने गरी उल्लेख गरिएको व्यवस्था सार्वजनिक खरीद ऐन, नियम र सम्झौताविपरीत भएको अध्यक्ष सिंहले बताए ।  बजेट नभएको आयोजनाको सुविस्ताको आधारमा ठेक्का अन्त्य गर्न र चुनाव, क्रशर बन्द, भुक्तानीमा ढिलाइ, बैंकमा तरलताको अभाव र पेट्रोलियम तथा स्टीलजन्य निर्माण सामग्रीको मूल्यवृद्धिलगायतले काम हुन नसकेको भन्दै महासंघले सबै आयोजनाका लागि म्याद थप्न आग्रह गर्दै आएको थियो । पत्रकार सम्मेलनमा महासंघले पाँचबुँदे माग पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक खरिद नियमावली संशोधन भएको साढे ३ महिनामै अर्को संशोधन

काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन भएको साढे ३ महिनामै अर्को संशोधन गरेको छ । निर्माण व्यवसायीको मागअनुसार उनीहरुकै अनुकुलतामा नियमावली १२औं संशोधन भएको हो । रुग्ण रहेका आयोजनालाई आगामी एक वर्षका लागि म्याद थप्न सकिने गरी संशोधित नियमावलीको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । रुग्ण आयोजनाको म्याद थप्न संशोधित कार्यतालिकासहित अबको २१ दिनभित्रै […]

रुग्ण ठेक्काको म्याद १ वर्ष थप, ५ अर्बसम्मका ठेक्का नेपालीलाई

२० असार, काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन भएको साढे ३ महिनामै अर्को संशोधन गरेको छ । निर्माण व्यवसायीको मागअनुसार उनीहरुकै अनुकुलतामा नियमावली १२औं संशोधन भएको हो । रुग्ण रहेका आयोजनालाई आगामी एक वर्षका लागि म्याद थप्न सकिने गरी संशोधित नियमावलीको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । रुग्ण आयोजनाको म्याद थप्न संशोधित कार्यतालिकासहित अबको […]

म्याद थपिएका २८ सय रुग्ण आयोजनाको म्याद सकिँदै, पुनः म्याद थप्न माग

सरकारले १४ पुस २०७६ मा सार्वजनिक खरिद नियमावली २०६४ नवौँ संशोधन गरी रुग्ण बनेका आयोजनाका लागि १ वर्ष म्याद थपको

आयोजनाको म्याद थप्न सक्रियता

कोभिड १९ का कारण रोकिएका र निर्माण सम्पन्न नभएका आयोजनाको म्याद थप्न व्यवसायीहरू सक्रिय भएका छन् । सरकारले सार्वजनिक खरिद नियमावली (दसौँ संशोधन) स्वीकृति गरी वैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले म्याद थप गर्ने निर्णय गरेपछि व्यवसायीहरू म्याद थप्न सक्रिय भएका हुन् । करिब एक हजार पाँच सय व्यवसायीले म्याद थपका लागि निवेदन दिन लागेको बताइएको छ ।