काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर संघर्षमा लागेको बताएका छन्। सहिद सुरेश वाग्लेको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै आफू संघर्षमै रहेको कारणले विभिन्न षड्यन्त्र भइरहेको बताएका हुन्। प्रतिक्रियावादीहरूले अहिले निरन्तर आफूमाथि प्रहार गरिरहेको उनको तर्क छ। ‘जनयुद्ध वेला पनि अपराधीहरू भनेर टाउको काट्ने कुरा थियो। अहिले पनि अस्थिरताको कारक हो। प्रचण्ड रहेसम्म देश अप्ठ्यारोमा पर्छ। त्यसैले सिध्याउनुर्छ