१० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै [भिडियो]

१५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ ।

सम्बन्धित सामग्री

क्यान्सर रोकथाम सरकारको प्राथमिकतामा

अर्थमन्त्री डा. प्रकाशशरण महतले पाठेघरको मुखको क्यान्सर रोकथामलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । पिपुल्स एक्सेस टु एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले काठमाडौँमा आयोजना गरेको ‘पाठेघरको क्यान्सर नियन्त्रणका लागि सरकार, निजी, साझेदारी र मिडियाको भूमिका’ विषय कार्यक्रममा उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) को सुरुवात सरकारले गरिसकेको उल्लेख गर्नुभयो । क्यान्सर लागेपछि घर, परिवार र समाजसमेत तहसनहस हुने भन्दै मन्त्री महतले क्यान्सर रोगको रोकथाम सरकारको प्राथमिकतामा परेको बताउनुभयो । उहाँले समयमै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप किशोरीलाई लगाउन प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । स

भदै २७ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने

काठमाडौं । आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न २० हजार डोज एचपिभि खोप लगाउन लागेको जानकारी दिएको हो । विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान […]