काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा आगामी कात्तिक २३ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी एमएम नरवाणेको औपचारिक निम्तोमा उनी त्यसतर्फ जान लागेको नेपाली सेनाले जनाएको छ।गत भदौ २४ गते प्रधानसेनापति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। भारत भ्रमण सकेर उनी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ।भारत भ्रमणको क्रममा उनले त्यहाँका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित हुने कार्यक्रम राखिएको छ। नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी र भारतका सेनाध्यक्ष नेप