काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जाने भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गते बैठकले उहाँको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो । उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
The post प्रधानसेनापति शर्मा स्वस्थ्य परीक्षणका लागि बिदा बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.