जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मन्दिरबाट अर्बौं रुपैयाँ बराबरको गहना हराएको खुलासा गरेका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणको नाममा मधेस प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोपसमेत उनले लगाए ।जानकी मन्दिरको गरगहना हराउने डरले तत्कालीन राजा महेन्द्र शाहको आदेशमा २०२० सालमा जानकी मन्दिरका तत्कालीन महन्त रामशरण दास वैष्णवसँग लगत हिसाब गरी मन्दिरका हिरा, मोती, बहुमूल्य पत्थर, सुन र चाँदी काठमाडाैं लगिएको थियो । तर वर्तमान महन्त रामतपेश्वर दासले मन्दिरको गरगहना जनकपुरधामवासीलाई दर्शन गराउन