नेप्सेमा गरिमा विकास बैंकको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४८१.०३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५५८ रुपैयाँ रहेको थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो ।  चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।  गरिमा विकास बैंकले चैत्र १८ गते शुक्रबार पोखराको बिरौटा स्थित होटेल ग्राण्ड पोखरामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकएल आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  १६ प्रतिशतले हुन आउने त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ। गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने छ । त्यस्तै बैंकले सहारालाई गाभेपछि संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशत कायम राख्नको लागि  १ लाख ९ हजार ८ सय ११ कित्ता थप संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव सभामा लैजाने छ । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव ; सामान्य प्रस्तावहरु(१) अध्यक्षज्यू को मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।(२) लेखापरीक्षकको प्रतिवेदन सहितको गरिमा विकास बैंक लिमिटेड तथा साविक सहारा विकास बैंक लिमिटेडको २०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गर्ने ।(३) लेखापरीक्षण समितिको सिफारिश बमोजिम गरिमा विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न तथा साविक सहारा विकास बैंक लिमिटेडको मिति २०७८/०७/२७ गते सम्मको वित्तीय विवरण प्रमाणित गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।विशेष प्रस्तावहरु(१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात हाल कायम चुक्ता पुँजी रु.३,९४,८१,८३,१०५।०८ (अक्षरेपी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैयाँ र पैसा आठ मात्र) को १६ प्रतिशतले हुन आउने रकम रु.६३,१७,०९,२९६।८१ (अक्षरेपी त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे रुपैयाँ र पैसा एकासी मात्र) बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । साथै, बोनस शेयर जारी गर्दा दशमलव पछिको शेयर (Fraction Share) अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने । (गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकीकृत कारोबार गरिएको सन्दर्भमा प्रस्तावित लाभांशमा तिर्नु पर्ने कर मिति २०७८ कार्तिक २८ गते कायम शेयरधनीहरुको हकमा छुट पाउने भएकाले सो मिति भन्दा पछाडी दोस्रो बजारबाट शेयर खरिद बिक्री भई कायम शेयरधनीहरुले प्रस्तावित लाभांश बापत नियमानुसार तिर्नु बुझाउनु पर्ने लाभांश कर नगदै भुक्तान गर्नु पर्नेछ ।)(२) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा रहेको व्यवस्था बमोजिम विकास बैंकको चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक समूहका शेयरधनीहरुको हुनुपर्नेमा गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई शेयर अभिलेखन हुँदा संस्थापक शेयरधनीहरुको स्वामित्व ५१ प्रतिशत कायम नहुने अवस्था सिर्जना भएकोले नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृति प्राप्त गरी विकास बैंकले प्रस्ताव गरेको बोनश शेयर वितरण पश्चात कायम हुने कूल चुक्ता पुँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १०९,८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने ।(३) विशेष प्रस्ताव नं. (१) र (२) पारित भए बमोजिम हुने गरी विकास बैंकको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।(४) गरिमा विकास बैंक लिमिटेड र अन्य ईजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा गरिमा विकास बैंक लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्था(हरु) प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था(हरु) खोजी गर्न, उपयुक्त लागेको बैंक तथा वित्तीय संस्था संग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमतिपत्र (Memorandum of Understanding) तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न र निजबाट बैंकको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गराउने, तथा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने, गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धी कार्यको लागि प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रकृया अवलम्बन गरी एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।(५) विकास बैंकको प्रवन्धपत्रमा भएका संशोधनको स्वीकृति लिने क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट फेरबदल, परिमार्जन, थपघट तथा संशोधन गर्नको लागि निर्देशन प्राप्त भएमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

सम्बन्धित सामग्री

गरिमा विकास बैंक १६औं वर्षमा

काठमाडौं । गरिमा विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ । एक्सेस टु अल भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको यस बैंक मंसिर ७ गते स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं वर्षमा प्रवेश गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल यस विकास बैंकले ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने

गरिमा विकास बैंक र द हिमालयन ग्रिल बाई बाजेको रेष्टुरेन्टबीच सम्झौता

गरिमा विकास बैंक र ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेष्टुरेन्टबीच छुट दिनेबारे सम्झौता भएको छ ।सो सम्झौतामा बैंकको बजारीकरण विभाग प्रमुख रमेश सिजाल र रेष्टुरेन्टका अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौंको सामाखुशीमा रहेको ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेष्टुरेन्टबाट […]

गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट

गरिमा विकास बैंक लिमिटेडका ग्राहकले बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् ।

स्वरोजगार कोष र गरिमा विकास बैंक बीच कर्जा सम्बन्धी सम्झौता

मंसिर १२, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएको छ ।   नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बीच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि बुधवार एक कार्यक्रमका बीच कर्जा सम्झौता भएको हो ।  सो कर्जा सम्झौतामा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।  यो कर्जा सम्झौतापछि  विपन्न वर्गलाई बैंकले सहुलियत दरमा  बिना धितो कर्जा प्रबाह गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।

स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता

९ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच कर्जा सम्झौता भएको छ । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर […]

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जासम्बन्धी सम्झौता

नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जासम्बन्धी सम्झौता भएको छ ।

गरिमा विकास बैंक १५औँ वर्षमा, यस्तो छ वित्तीय अवस्था

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा बैंकले रक्तदान कार्यक्रम गरेको छ । १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा एकसाथ सञ्चालनमा ल्याएको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ सुरु गरेको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ । बैंकले हाल ११५ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा दिँदै आएको छ । बैंकले ६७.१६ अर्ब निक्षेप संकलन गरी ६१.२१ अर्ब कर्जा लगानी गरेको छ ।

गरिमा विकास बैंक र केसीएल क्यापिटलबीच सम्झौता

गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात केसीएल क्यापिटलमा गरिमा विकास बैंकको ५१.२० प्रतिशत सेयर स्वामित्व कायम भई केसीएल अस्ट्युट क्यापिटल गरिमा विकास […]

गरिमा विकास बैंक र सूर्यालाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

गरिमा विकास बैंक र सूर्यालाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।